Premier Cables
Premier Steel

अर्थ

प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित, रास्वपा र राप्रपा सांसद‌ गयल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित

प्रतिनिधिसभाले मंगलबार आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए।

बिज्ञापन

बजेट पारित गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित रहे। दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा बजेटमाथिको छलफल नै बहिष्कार गरेका थिए। उनीहरूले यस विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आएका छन्।

संसदमा प्रतिपक्षी दलहरूको विरोध र अवरोधबीच बैठक सञ्चालन भइरहेकै अवस्थामा बजेट पारित भएको हो।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पनि अगाडि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka