Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राष्ट्रिय

मेयर बालेनले पहिले खोसेको जिम्मेवारी चार वडाध्यक्षलाई पुनः फर्काए

Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:४३ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पहिले जिम्मेवारी खोसेका वडाध्यक्षलाई पुनः जिम्मेवारी दिएका छन् । उनी आफैले यसअघि गरेको निर्णयबाट पछि हटेका हुन् । बालेनले चारजना वडाध्यक्षलाई पहिलेकै जिम्मेवारी दिएाक छन् ।

वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले बालेनले गरेको निर्णयको विरोध गरेका थिए । उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिबाट हटाएर अन्यलाई जिम्मेवारी दिइएको थियो ।

बिज्ञापन

उनीहरूले कार्यपालिकाको बैठक बिना आफूखुसी निर्णय नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।

विधायन समितिको जिम्मेवारी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक राख्न नसकिरहेका बेला मेयर साहलाई जनप्रतिनिधि र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् ।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह आफ्नो गरेका निर्णयबाट पछि हटेका हुन् ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो