Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशमा पूँजीगततर्फ खर्चको अवस्था कमजोर, कूल खर्च ५७ प्रतिशत

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान ७:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चालु आर्थिक वर्ष २०८१र८२ सकिन एक महिना बाँकी रहँदा कोसी प्रदेश सरकारले कुल बजेटको ५७ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारको ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमध्ये जेठ मसान्तसम्म २० अर्ब १० करोड ९९ लाख ९३ हजार रुपैयाँ खर्च गरिएको हो।

बिज्ञापन

गत वैशाख मसान्तसम्म १६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ खर्च भएकोमा एक महिनाको अवधिमा १० प्रतिशतले खर्च वृद्धि भएको देखिएको छ। अघिल्लो वर्षको तुलनामा चालु आवको वैशाख मसान्तसम्म ४।४ प्रतिशतले खर्च वृद्धि भएको पनि तथ्यांकमा उल्लेख छ।

चालुतर्फको खर्च ६४।६८ प्रतिशत पुगेको छ। कुल १७ अर्ब ९० करोड ५ लाख ३८ हजार रुपैयाँमध्ये ११ अर्ब ५७ करोड ७९ लाख ७१ हजार रुपैयाँ खर्च गरिएको छ।

यसअन्तर्गत, स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि छुट्याइएको ४ अर्ब ८५ करोड ६५ लाखमध्ये जेठ मसान्तसम्म ४ अर्ब २४ करोड ८० लाख ८२ हजार रुपैयाँ निकासा भइसकेको छ।

यता, पूँजीगत खर्च भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। पूँजीगततर्फको १७ अर्ब ३५ करोड ८७ लाख विनियोजनमध्ये हालसम्म ८ अर्ब ५३ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल पूँजीगत बजेटको ४९।१५ प्रतिशत हो।

लेखा नियन्त्रक कार्यालयको विश्लेषण अनुसार चालु आवमा अघिल्लो वर्षको तुलनामा समग्र खर्च प्रतिशतमा वृद्धि देखिए पनि पूँजीगत कार्यान्वयनको गति सुस्त छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka