Premier Cables
Premier Steel

समाचार

मोरङको ग्रामथानमा किन भइरहेको छ लफडा, दोष कसको?

वडा अध्यक्षलाई बैठकमा बस्ने निषेध

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | बिहान ९:३२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष नमोनारायण माझीको विवादास्पद निर्णयले गर्दा आन्तरिक विवाद चुलिएको छ।

अध्यक्ष माझीले वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई सात दिनसम्म गाउँसभाको बैठकमा सहभागी हुन निषेध गर्दै एकपक्षीय निर्णय गरेका हुन्।

बिज्ञापन

यो निर्णयसँगै ग्रामथान गाउँपालिकाभित्र दलगत ध्रुवीकरण, विवाद र कानुनी प्रक्रियाको अवज्ञा स्पष्ट रूपमा सतहमा आएको छ। अध्यक्ष माझी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने ती दुई वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

अध्यक्ष माझीले गत शुक्रबार पत्र जारी गर्दै ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६ (४) को आधार देखाउँदै ‘गाउँसभाको अनुशासन भङ्ग गरेको’ आरोपमा दुई वडाध्यक्षलाई सात दिनका लागि गाउँसभाबाट निष्कासित गरेका थिए। यद्यपि, स्थानीय जनप्रतिनिधि र कानुनविद्हरूले भने यो निर्णयलाई गैरकानुनी, मनोमानी र स्वेच्छाचारी भनेका छन्।

बजेट प्रक्रियामा विवाद
यो समस्या मुख्यतः गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रमको प्रक्रियासँग जोडिएको छ। असार १० गते अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकबाट अनुमोदन नगरी सिधै गाउँसभामा प्रस्तुत गरिएको भन्दै नेकपा एमाले र नेपाली काँग्रेसका अधिकांश सदस्यहरूले बैठक बहिष्कार गरेका थिए। त्यसैको निरन्तरता स्वरूप गत शुक्रबार भएको १७ औं गाउँसभामा पनि विवाद उत्पन्न भएको थियो।

वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरीले गाउँपालिकाको नीति तथा कार्यक्रमबारे जानकारी माग्दा अध्यक्ष माझीले उनलाई सभाबाट हटाएको बताएका छन्।

चौधरीले “बजेट कहाँबाट पास भयो? उपाध्यक्ष नै उपस्थित छैनन् भने नीति तथा कार्यक्रम कसरी प्रस्तुत भयो?” भनी प्रश्न उठाएपछि उनलाई गाउँसभामा सहभागी हुन निषेध गरिएको हो।

यो विवादले गाउँपालिकाको आगामी बजेट निर्माण र अन्य प्रशासनिक कार्यहरूमा थप जटिलता उत्पन्न गराउने देखिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka