Premier Cables

राजनीति

राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई जिल्ला अदालत काठमाडौंले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी सोमबार बिहान अदालतमा उपस्थित भएका थिए, जहाँ उनको बयान पनि सोही दिन लिइएको थियो।

विज्ञापन

राणाविरुद्ध २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागिताको आधारमा राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत कसुरसम्बन्धी गरी चारवटा मुद्दा दायर गरिएको थियो।

प्रहरीले उनलाई ती मुद्दाका आधारमा पक्राउ गरेको थियो। अब अदालतको आदेशपछि उनी तीन लाख धरौटी बुझाएर रिहा हुनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka