Premier Cables
Premier Steel

कोशी प्रदेश

काेसीका मुख्यमन्त्रीकाे दाबी : प्रदेशले अरु सरकारभन्दा बढी काम गरेको छ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ६:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काेसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै तहका निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाली सेनाले सञ्चालन गरेको “हाई कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स” मा सहभागी उच्च पदस्थ सैनिक अधिकृतहरूसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले राष्ट्रिय हितको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै विकास र सुरक्षा आपसमा गासिएको विषय भएको बताए। “यदि हामी सबै राष्ट्रिय हितमा एकताबद्ध भयौं भने सुरक्षा चुनौती कम हुने र विकासको गति तीव्र हुनेछ,” उनले भने, “सुरक्षा र विकासको सन्तुलनले मात्र समृद्ध राष्ट्रको सपना पुरा गर्न सकिन्छ।”

उनले कोशी प्रदेश सरकारले स्थापना भएयता उल्लेखनीय विकास कार्यक्रम अघि बढाएको भए पनि त्यसको प्रचारप्रसारमा कमजोरी भएकाले आलोचना भएको धारणा राखे। “प्रदेश सरकारले संघ र स्थानीय तहभन्दा बढी काम गरेको छ,” उनले दाबी गर्दै भने, “अब प्रचार र संवादको माध्यमबाट ती उपलब्धिहरू जनतामाझ पु¥याउने प्रयासमा छौं।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सञ्चालन गरिरहेका केही उल्लेखनीय योजनाहरू — पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण, कृषि नवप्रवर्तन कार्यक्रम — मार्फत समृद्धिको आधार तयार भएको बताए। साथै उनले हालै सम्पन्न लगानी सम्मेलनमार्फत देशकै ध्यान कोशीमा केन्द्रित गराउन सफल भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा चियाको प्रवर्धनका लागि “चिया सम्मेलन” आयोजना गर्ने योजना सार्वजनिक गरे।

कार्यक्रममा सहभागी नेपाली सेनाका उच्च अधिकारीहरूले संघीयताको कार्यान्वयन, प्रदेशस्तरीय सुरक्षा चुनौती, विकास निर्माण र अन्य विविध विषयमा आफ्नो धारणा प्रस्तुत गरे। नेपाली सैनिक वार कलेजका उपरथी सन्तोष बल्लभ पौडेलले तालिम र यसको उद्देश्यबारे जानकारी दिँदै यसले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

अन्तरक्रिया कार्यक्रम आपसी सहकार्य र समझदारी बढाउने अवसर बनेको सहभागीहरूको धारणा थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa