Premier Cables
Premier Steel

राष्ट्रिय

संवैधानिक निकायका ५२ पदाधिकारीबारे सर्वोच्चको निर्णय एक सातापछि

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं — संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउने तयारी गरे पनि मिति सारिएको छ। अब असार १८ गते फैसला सुनाइनेछ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको इजलास आज अपराह्नसम्म छलफलमा जुटेपनि निर्णय दिन नसकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। उनका अनुसार निर्णय अध्ययनकै क्रममा रहेकाले असार १८ मा सुनाउने तय भएको हो।

बिज्ञापन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् संविधान परिषद् सम्बन्धी ऐन संशोधन गरी अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरेको थियो। यसविरुद्ध वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए।

ओली सरकारले २०७७ मंसिर ३० गते पहिलोपटक ३२ जना र २०७८ असार १० मा दोस्रोपटक २० जनालाई संवैधानिक पदमा नियुक्त गरेको थियो। परिषद् बैठकमा ओली, तत्कालीन प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्ष मात्र सहभागी थिए।

विवादित नियुक्तिबारे अन्तिम निर्णय आउन अब एक साता कुर्नुपर्ने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka