Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

कोशी प्रदेश

सिटीरिक्सा चलाएर हेडसरले नै घर-घर विद्यार्थी लगिदिन्छन् !

Calendar मंगलबार, जेठ २७, २०८२  | अपराह्न १:०८ बजे

दमक । झपााको शिवसत्तासी ९ स्थित सातासी आधारभूत विद्यालयका प्रधानाध्यापक जनक बहादुर बिक दनिभरी विद्यालयमा पढाउँछन् । तर, विद्यालय छुट्टी भएपछि उनको अर्को जिम्मेवारी पनि छ ।

सिटीरिक्सा कुदायो अनि विद्यार्थी घरघर लगिदियो । उनले विद्यार्थीहरूलाई घर–घर पुर्‍याउने काम गर्दै पनि आएका छन्। पारिवारिक समस्या र आर्थिक अवस्थाका कारण विद्यालय व्यवस्थापन कठिन बनिरहेका बेला उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै सेवामा नयाँ उदाहरण प्रस्तुत गरेका हुन्।

बिज्ञापन

विद्यालय छोड्दै गरेका बालबालिका तथा टाढाबाट विद्यालय आउन समस्या हुने गर्छ । विद्यार्थीलाई आकर्षित गर्न ४ लाख ५० हजार रुपैयाँ खर्चेर सिटी रिक्सा किनिएको थियो । त्यही रिक्सा चलाएर प्रधानाध्यापक विकले विद्यार्थीलाई उनीहरुका घरघर लगिदिन्छन् । विद्यालय छेउकै टोलमा पठनपाठन गर्दा पनि नियमित विद्यालय नआउने समस्या समाधानका लागि उनले आफैंले पहल गरेर टाढाका बालबालिकालाई घरबाट ल्याउने र विद्यालय सकिएपछि घर पुर्‍याउने व्यवस्था गरेका हुन्।

बिकका अनुसार विद्यालय व्यवस्थापन सहज बनाउने उद्देश्यसहित उनले रिक्सा सञ्चालनमा ल्याएका हुन्। “विद्यालयमा शिक्षकको अभाव छैन, विद्यार्थीको उपस्थिति नहुनु समस्या हो,” उनले भने, “सवारीको समस्या भएकाले टाढाबाट आउन गाह्रो भएको थियो, त्यसैले यो उपाय अपनाएँ।”

विद्यालय जाने सवारी सुविधाबाट वञ्चित विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। हाल १६ जना विद्यार्थीलाई रिक्सा सेवाबाट लाभ मिलिरहेको छ। बिहान घरघरमा गएर विद्यार्थी ल्याउने र विद्यालय सकेपछि फर्काउने कार्य नियमित रूपमा भइरहेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशराज तामाङ भन्छन्, “विद्यालय छोड्दै गरेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने काममा हेडसरको यो प्रयास सराहनीय छ।” यस्ता सकारात्मक पहलबाट गाउँका अन्य विद्यालयले पनि प्रेरणा लिन सक्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो