Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

महाकुम्भ मेला भागदौडमा ८२ जनाको मृत्यु भएको अध्ययनबाट खुलासा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २७, २०८२  | अपराह्न १२:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गएको जनवरी १३ देखि फेब्रुअरी २६ सम्म भारतको प्रयागराजमा कुम्भमेलामा दिनहुँ ठूलो संख्यामा भक्तजन पुगे ।

त्यहाँको धार्मिक उत्सवबारे विश्वभर चर्चा भयो । तर एउटा दु:खद घटनामा भक्तजनहरूले ज्यान पनि गुमाए । कुम्भमेलामा ६६ करोड भक्तजन सहभागी भएको उत्तर प्रदेश राज्य सरकारले जनाएको थियो । भागदौडमा मृत्यु भएको घटना भारत सरकारद्वारा लुकाउन खोजियो तर एउटा अध्ययनले त्यहाँ दर्जनौ मानिसको ज्यान गएको पुष्टि भएको छ । घटनामा ८२ जनाको मृत्यु भएको यतिबेला खुल्न आएको छ ।

बिज्ञापन

कुम्भमेलामा विभिन्न समयमा भक्तजनको घुइँचोका बेला भागदौड भएको थियो । त्यसबारे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फेब्रुअरी १९ मा विधानसभामा भनेका थिए, “जनवरी २९ राति कुम्भको संगमनजिक बिहान १ः१० देखि १ः३० बजेको बीच एक दुर्भाग्यपूर्ण घटना भयो ६६ भक्तजन यसको चपेटामा परे र उनीहरूलाई तुरुन्तै अस्पताल लगियो । उनीहरूमध्ये ३० जनाको मृत्यु भयो र ३० मध्ये २९ जनाको पहिचान भयो ।”

उनले उल्लेख गरेका स्थानमा मात्र नभई अरू क्षेत्रमा पनि भागदौडमा भक्तजनको मृत्यु भएको बीबीसी हिन्दीको अध्ययनमा पत्ता लागेको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa