Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाले कस्ता नेपालीलाई धमाधम फकाई रहेको छ ? हालसम्म कति पुग्यो संख्या ?

चालचलन राम्रो नभएकाहरु टार्गेटमा

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २६, २०८२  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पछिल्लो पटक ३७ जना नेपालीलाई अ‍ेमेरिकी विमानले काठमाडौको त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । अमेरिकाले त्यहाँ बस्ने सबै नेपालीलाई फर्काउने हो त ? पक्कै होइन । उसो भए कस्तालाई धमाधम नेपाल फर्काइँदै छ ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासी नीतिमा कडाइ गरेको हो । २१ देशका नागरिकलाई त अमेरिका नै प्रवेश गर्न नदिने नीति लिएको अमेरिकाले नेपालसहित विभिन्न देशका मानिसलाई धमाधम फर्काइ रहेको छ ।

विज्ञापन

अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

सन् २०२५ को जनवरी महिनाको २० तारिकदेखि मे महिनाको अवधिमसम्म १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । तर, यो संख्या बढ्दो क्रममा रहेको छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै छन् । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ । पछिल्लो पटक ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka