Premier Cables
Premier Steel

समाचार

अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपालमा, के छ कार्यतालिका ?

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | बिहान ११:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान नेपाल आइपुगेका छन्। बालेन्द्र (बालेन) शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

भ्रमणका क्रममा कपुरले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। अन्य भेटघाटबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँग सम्भावित भेटबारे पनि अहिलेसम्म टुङ्गो लागेको छैन।

बिज्ञापन

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारी पाएका कपुर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन्। ट्रम्प प्रशासनले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेको थियो।

भारतीय मूलका कपुरको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय र आमा अमेरिकी मूलकी हुन्।

हालको सरकार गठनमा अमेरिकाको प्रभावबारे विभिन्न टिप्पणी भइरहेका बेला कपुरको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka