Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी बी-५२ बमवर्षक विमान दुर्घटनाग्रस्त, आठजनाको मृत्यु आशंका

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | बिहान ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा रहेको एडवड्र्स वायुसेना अखडाबाट उडेको केही समयमै बी–५२ स्ट्र्याटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार आठ जनाको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी एपीका अनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे मोजावे मरुभूमि क्षेत्रमा भएको हो। अमेरिकी वायुसेनाले विमानले उडान भरेपछि आवश्यक उचाइ हासिल गर्न नसकेर एयरबेस नजिकैको मरुभूमिमा खसेको जनाएको छ।

बिज्ञापन

एडवड्र्स वायुसेना अखडाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेको प्रारम्भिक विवरणमा दुर्घटनामा कोही पनि जीवित बचेको सम्भावना अत्यन्त न्यून रहेको उल्लेख गरेको छ। घटनालगत्तै आपतकालीन उद्धार तथा खोजी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

दुर्घटनास्थलबाट प्राप्त हवाई दृश्यहरूमा विमान पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ। विमान खसेपछि रनवे नजिकै आगलागी भएको थियो भने घटनास्थलबाट कालो धुवाँको ठूलो मुस्लो उठेको देखिएको थियो।

विमानमा कुनै हतियार रहेको वा नरहेको विषयमा अमेरिकी सेनाले हालसम्म जानकारी सार्वजनिक गरेको छैन। साथै, चालक दलका सदस्यहरूको परिचय पनि खुलाइएको छैन।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। उड्डयन सुरक्षाविज्ञ जेफ गुजेट्टीका अनुसार उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त हुनु उडान नियन्त्रण प्रणाली, इन्जिन वा परीक्षणाधीन उपकरणमा आएको प्राविधिक समस्याको संकेत हुन सक्छ। यद्यपि, उनले प्रारम्भिक अवस्थामै दुर्घटनाको कारणबारे निश्चित निष्कर्ष निकाल्न नसकिने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa