२०८२ बैशाख २१, आइतबार
Premier Cables
Hamro Biratnagar Calendar मंगलबार, बैशाख १६, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ ।

बिज्ञापन

कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बतायो ।

बिज्ञापन

सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भएगरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो श्वेतपत्र निकाल्ने प्राधिकरणको तयारी थियो ।

सचिवालयले
‘अब अर्को सूचना नआउँदासम्म’ लाई स्थगित गरेको बताएको छ ।

कुलमान घिसिङले नाफा देखाएकोमा हालका निर्देशक शाक्यको श्वेतपत्रमा घाटाको विवरण उल्लेख छ । ५ अर्ब २६ करोड सञ्चित घाटासहितको श्वेत पत्र तयार भएको स्रोत बताउँछ

प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न बाँकी नै छ ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर