Premier Cables
Premier Steel

विराटनगर

हेलिकप्टरबाट आएका प्रधानमन्त्री ओली मोरङको कटहरी ओर्लिए

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २४, २०८२  | अपराह्न ३:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हेलिकप्टरबाट आएका प्रधानमन्त्री केपी ओली मोरङको कटहरी ओर्लिएक छन् ।‌

हेलिकप्टरबाट शनिबार अपरान्ह आएका प्रधानमन्त्री ओलीले मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा निर्मित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन्

दुई अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको २०० शैय्या क्षमताको अस्पतालले ग्रमीण भेगमा सेवा दिने जीवन विकास समाजका संस्थापकसमेत रहेका अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले बताएका छन् ।

बिज्ञापन

उनी मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पनि हुन् । मण्डलले एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका थिए ।

अस्पताल अध्यक्ष मण्डलका अनुसार यहाँ अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी सेवा, निर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार र डायलासिस सेवाहरू सञ्चालन हुनेछ ।

अस्पतालमा हाल २५ शैय्याको आइसीयू, ९ शैय्याको एनआइसीयू १० शैय्याको सीसीयू बेड रहेको छ । दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति कार्यरत रहेको मण्डलले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa