Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०४, २०८३  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण औपचारिक रूपमा अनुमोदन गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka