Premier Cables

राजनीति

उपसभापतिको चुनावी दौडबाट पछि हटे कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २१, २०८३  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल पार्टीको उपसभापति पदको चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। सभापति गगनकुमार थापासँग भएको छलफल र राजनीतिक समझदारीपछि रिजालले उपसभापतिमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।

कांग्रेसको आन्तरिक शक्ति सन्तुलन मिलाउने क्रममा सभापति थापाले रिजालसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। भेटवार्ताका क्रममा महाधिवेशन सम्पन्न भएपछि पार्टीभित्र रिजाललाई उपयुक्त र सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता थापाले जनाएपछि उनी उम्मेदवारी फिर्ता लिन सहमत भएको बताइएको छ।

विज्ञापन

थापा र रिजालबीच भएको पछिल्लो राजनीतिक समझदारीबारे रिजालले सामाजिक सञ्जालमार्फत जानकारीसमेत दिएका छन्। उनले सभापति थापासँग भएको भेटवार्ता तथा उम्मेदवारी फिर्तासम्बन्धी संवादको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।

रिजालको उम्मेदवारी फिर्तासँगै कांग्रेसको उपसभापति पदको प्रतिस्पर्धाको समीकरणमा समेत परिवर्तन आउने देखिएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र महाधिवेशनपछिको जिम्मेवारी बाँडफाँटलाई ध्यानमा राख्दै नेतृत्व तहमा थप सहमतिको प्रयास भइरहेको कांग्रेस नेताहरूले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka