Premier Cables
Premier Steel

खेलकुद

बेंगलुरुले रच्यो इतिहास, पहिलो पटक उठायो आईपीएल ट्रफी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | राती ११:५० बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।‌

पंजाब किंग्सलाई फाइनलमा हराउँदै बैंगलोर नयाँ च्याम्पियन बनेको हो । बेंगलुरुले ६ रनले जित्दै पहिलो पटक उपाधि उचाल्यो।

बिज्ञापन

यो उपाधि जित्न उसले १८ वर्षको लामो पर्खाइ गर्नुपर्‍यो।
अहमदाबादमा भएको फाइनल स्पर्धामा टस हारेर पहिला ब्याटिङ गर्न आएका बेंगलुरुले धमाकेदार सुरुआत गर्‍यो।

खेलको तेस्रो बलमै फिल सॉल्टले छक्का प्रहार गरे र अर्शदीप सिंहको पहिलो ओभरबाट बेंगलुरुले १३ रन जोडे।

तर दोस्रो ओभरमै जेमिसनले पंजाब किंग्सलाई खेलमा फर्काए। फिल सॉल्ट ९ बलमा १६ रन बनाएर जेमिसनको बलमा आउट हुँदै पवेलियन फर्किए।

यद्यपि मयंक अग्रवालले विराट कोहलीसँग मिलेर बैंगलोरको पारी सम्हाल्ने प्रयास गरे। पावरप्लेमा बैंगलोरले एक विकेट गुमाउँदै ५५ रन बनायो।

युजवेन्द्र चहलले आफ्नो पुरानो टिमविरुद्ध पहिलो ओभरमै प्रभाव जमाउँदै मयंक अग्रवालको विकेट लिए। अग्रवालले १८ बलमा २४ रन बनाए।

यसबीच विराट कोहली एक छेउबाट मजबूतीका साथ टिकिरहे, तर उनको ब्याटबाट तीव्र गतिमा रन आउन सकेन । ८ ओभरपछि बेंगलुरुले २ विकेट गुमाउँदै ६९ रन बनाएको थियो र विराटले १५ बलमा १९ रन मात्र बनाएका थिए।

प्रारम्भिक १५ बलमा विराटको ब्याटबाट केवल एक चौका आएको थियो।

पाटीदारले २६ रनको पारीमा दुई छक्का प्रहार गरे। तर अय्यरले ११औँ ओभरमा फेरि जेमिसनलाई बलिङ गराउने निर्णय सफल रह्यो। ११औँ ओभरको पाँचौँ बलमा जेमिसनले अय्यरको विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पंजाबले १९१ रनको लक्ष्य पछ्याउने क्रममा पंजाब किंग्सका ब्याट्सम्यानहरू दबाबमा परे । प्रियांश आर्य, प्रभसिमरन सिंह र जोश इंगलिसले केही महत्त्वपूर्ण रन बनाए पनि अरूले साथ दिन सकेनन्। शशांक सिंहले अन्तिमसम्म एक्लै संघर्ष गरे तर अर्को छेउबाट विकेटहरू झरिरहे।

बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka