Premier Cables

खेलकुद

आईपीएल एलिमिनेटर : मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै

Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ७:२५ बजे

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्सले गुजरात टाइटन्सको सामना गर्नेछ।

बिज्ञापन

यो खेल साँझ पौने ८ बजे मुल्लांपुरको महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ। आजको खेलमा पराजित हुने टोलीको यात्रा यही समाप्त हुनेछ भने विजेताले टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

बिज्ञापन

यी दुवै टोली दोस्रो पटक प्लेअफमा आमनेसामने हुन लागेका छन। यसअघि २०२३ को क्वालिफायर(२मा गुजरातले मुम्बईलाई ६२ रनले हराएको थियो। अहिलेसम्म आईपीएलमा यी दुईबीच ७ खेल भएका छन । जसमा गुजरातले ५ पटक जित हात पारेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ।

यस सिजनमा पनि यी टोलीहरू तेस्रो पटक आमनेसामने हुँदैछन् । र, यसअघि भएका दुवै खेलमा गुजरातले बाजी मारेको थियो। महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय स्टेडियममा भने यी टोलीहरू पहिलो पटक आमनेसामने हुँदैछन्।

मुम्बईले सिजनको पाँचौं पटक एलिमिनेटर खेल्दैछ। सन् २०११ र २०२३ मा टोलीले एलिमिनेटर जितेको भए पनि क्वालिफायर(२ मा हारको सामना गर्नुपरेको थियो। २०१२ र २०१४ मा मुम्बई एलिमिनेटरबाटै बाहिरिएको थियो। गुजरात भने पहिलो पटक एलिमिनेटर खेल्न लागेको छ । जसले आजको खेलमा थप रोमाञ्चकता थपेको छ।

पाँच पटकको विजेता मुम्बईका रोहित शर्मा र सूर्यकुमार यादव उत्कृष्ट फर्ममा छन। रोहितले ३ अर्धशतकसहित १ सय ४७ दशमवल ५३ स्ट्राइक रेटमा ३ सय २९ रन बनाएका छन।

सूर्यकुमारले ६४० रन बनाएर शानदार प्रदर्शन गरिरहेका छन। बलिङतर्फ ट्रेन्ट बोल्टले १४ खेलमा १९ विकेट लिएका छन भने जसप्रीत बुमराहले १० खेलमा १७ विकेट चटकाएका छन।

गुजरातका ओपनर पनि सानदार फर्ममा छन। साई सुदर्शनले १ सय ५५ दशमलव ३७ को स्ट्राइक रेटमा ६ सय ७९ रन बनाएर टोलीका टप स्कोरर बनेका छन। कप्तान शुभमन गिलले ६ अर्धशतकसहित ६ सय ४९ रन बनाएका छन ।

उनी सिजनका दोस्रो टप स्कोरर हुन्। प्रसिद्ध कृष्णाले १४ खेलमा २३ विकेट लिएका छन । सीएसकेको नूर अहमदभन्दा एक विकेटले पछि छन। गुजरातको बलिङ लाइनअपमा मोहम्मद सिराज र ईशान्त शर्मा जस्ता अनुभवी बलर पनि छन। जसले उसलाई मुम्बईविरूद्ध सहजता प्रदान गर्न सक्नेछ।

मुल्लांपुरको पीचले ब्याट्सम्यानलाई राम्रो साथ दिने गरेको छ। यहाँ अहिलेसम्म आईपीएलका १० खेल भएका छन । यस सिजनमा पन्जाबले चेन्नईविरूद्ध ६ विकेट क्षतिमा २ सय १९ रन बनाउँदै उच्च स्कोर खडा गरेको थियो।

मौसमको हिसाबले आज बादल लाग्ने सम्भावना छ । तापक्रम २६ देखि ३७ डिग्री सेल्सियससम्म रहनेछ भने हावाको गति १७ किलोमिटर प्रतिघण्टा रहनेछ। यससँगै खेल रोचक र प्रतिस्पर्धात्मक हुने सबैको अपेक्षा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो