Premier Cables
Premier Steel

खेलकुद

दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिसले इन्डियन प्रिमियर लिग नखेल्ने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १४, २०८२  | बिहान ११:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्ससँग आबद्ध भएका दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिसले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीबाट आफ्नो नाम फिर्ता दिएका छन्।

डु प्लेसिसले जारी गरेको विज्ञप्तिमा १४ सिजनसम्म आईपीएल खेलेपछि यस वर्ष लिलामीमा नाम नसमावेश गर्ने निर्णयमा पुगेको बताएका छन्। भारतमा बिताएका वर्षहरूले आफूलाई मित्रता, सम्झना, महत्त्वपूर्ण सिकाई तथा एक क्रिकेटर र व्यक्तिको रूपमा बढ्न मद्दत गरेको उनले उल्लेख गरेका छन्।

बिज्ञापन

उनले यो वर्ष नयाँ र चुनौतीपूर्ण कदम अगाडि सारेको बताउँदै पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा सहभागी हुने जनाएका छन्। साथै पाकिस्तानको आतिथ्य अनुभव गर्न उत्सुक रहेको पनि उनले बताएका छन्।

बीबीसीका अनुसार डु प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सबाट आईपीएलमा डेब्यू गरेका थिए र पहिलो सिजनमै ३९८ रन जोड्दै राम्रो प्रदर्शन गरेका थिए।

दक्षिण अफ्रिकाका पूर्व कप्तान रहेका डु प्लेसिस विश्वभरका विभिन्न फ्रेन्चाइज टुर्नामेन्टमा खेलेको समृद्ध अनुभव बोकेका छन्। उनले आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म खेल्दै निरन्तर प्रभावशाली प्रदर्शन गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० खेलिसकेका छन्। यस दौडान उनले २३ शतक र ६६ अर्धशतक प्रहार गर्दै उत्कृष्ट करिअर बनाए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka