Premier Cables
Premier Steel

खेलकुद

अपडेट : आरसीबीको विजयोत्सव भागदौडमा कम्तिमा ११ जनाको मृत्यु, कसरी भयो घटना ?

३३ जना भए घाइते, केहीकाे अवस्था गम्भीर

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | राती ९:३७ बजे
Hamro Biratnagar Headlines

बेंगलुरु । भारतीय प्रिमियर लिग (आईपीएल)मा १८ वर्षपछि पहिलोपटक उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) टोलीको विजय उत्सवका क्रममा मंगलबार साँझ बेंगलुरुस्थित चिन्नास्वामी रंगशालाबाहिर भागदाैड मच्चिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले पत्रकार सम्मेलनमार्फत यस घटनाको पुष्टि गरेका हुन् । उनका अनुसार घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र केहीको अवस्था गम्भीर छ।

बिज्ञापन

रंगशालाबाहिर आरसीबी टोलीको स्वागत र विजय उत्सवका लागि एक लाखभन्दा बढी समर्थक जम्मा भएका थिए । टोलीको स्वागत गर्न युवा, महिला, पुरुषदेखि वृद्धसम्म सडक किनारमा लामबद्ध भएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

भागदौड कसरी मच्चियो ?

एक वरिष्ठ प्रहरी अधिकृतले जानकारी दिँदै भने, “चिन्नास्वामी स्टेडियमको एउटा सानो गेटमा ठूलो भिड जम्मा भएपछि मानिसहरू गेट धकेल्न थाले। गेट खुल्ने बेलासम्म भिड नियन्त्रण बाहिर गयो र त्यसै क्रममा भगदड़ मच्चियो।”

एक अन्य प्रहरी अधिकारीका अनुसार कार्यक्रमका लागि करिब एक लाख मानिस आउने अनुमान गरिएको थियो, तर वास्तविक संख्या दुई लाखभन्दा धेरै पुगेको बताइएको छ। रंगशालाको वरिपरि पनि ठूलो भीड भेला भएको थियो।

टोलीको स्वागतमा ठूलो उत्साह

आरसीबी टोली विशेष विमानमार्फत पुरानो एचएएल विमानस्थलमा अवतरण गरेको थियो, जहाँ उपमुख्यमन्त्री डीके शिवकुमारले स्वागत गरेका थिए । त्यसपछि टोलीलाई जुलुससहित होटल लगिएको थियो ।

राज्यपाल थावरचन्द गहलोत, मुख्यमन्त्री सिद्धारमैया र अन्य मन्त्रीहरूले टोलीलाई बधाइ दिएका थिए । त्यसपछि टोलीलाई फेरि जुलुसमार्फत रंगशालातर्फ लैजान तयारी भइरहेका बेला पानी पर्न थाल्यो र त्यसकै दौरान भगदड़को घटना घट्यो । सो अवस्था देखेर टोली फेरि होटल फर्काइएको थियो ।

सहरभरि आरसीबीमय वातावरण

सहरका विभिन्न भागबाट आरसीबी नम्बर १८ लेखिएको जर्सीमा सजिएर समर्थकहरू मोटरसाइकल, कार र अन्य सवारीसाधनमा स्टेडियमतर्फ गइरहेका थिए। मेट्रो रेलहरू अत्यधिक भीडले भरिएका थिए, जसले गर्दा धेरै यात्रुहरू चढ्न नै पाएनन् । सहरभरि ‘आरसीबी आरसीबी’ भन्ने नाराले गुञ्जायमान थियो।

सरकारको प्रतिक्रिया

राज्य सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको छ। मृतकका परिवारलाई मुआब्जा दिने र घाइतेको उपचार खर्च राज्यले व्यहोर्ने प्रतिवद्धता मुख्यमन्त्रीले जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka