Premier Cables

कोशी प्रदेश

कोसी प्रदेशले संघबाट पाउने सबै अनुदान घट्यो

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कोसी प्रदेशले संघबाट पाउने सबै अनुदान घट्यो
विराटनगर । कोसी प्रदेशले संघ सरकारबा प्राप्त गर्ने अनुदान घटेको छ ‌ ।

नेपाल सरकारले दिने विभिन्न अनुदानको रकम प्रदेशमा निरन्तर घट्दो छ ।

विज्ञापन

चालू आर्थिक वर्षभन्दा ८ करोड रुपैयाँ कम आउने भएको हो । अर्थ मन्त्रालयले सोमबार यस सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणमा आगामी आर्थिक वर्षमा कोसीले पाप्त हुने रकम घटेको हो ।

कोसीलाई चालू आर्थिक वर्षका लागि २९ अर्ब ८ करोड ५२ लाख बजेट विनियोजन गरेको थियो । तर, बैसाख मसान्तसम्ममा १९ अर्ब ३७ करोड ७९ लाख मात्रै प्राप्त भएको छ । राजस्व बाँडफाँडबाहेक वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान शीर्षकको रकममा निकै कटौती भएको छ ।
आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान (पुँजीगत प्रकृति) गरी २९ अर्ब ६६ लाख मात्रै विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र प्रदेशले पाउने राजस्व गरी २८ अर्ब २ करोड ७५ लाख ३३ हजार प्राप्त भएको थियो ।

गत वर्ष संघीय सरकारबाट समानीकरण र सशर्त अनुदान १४ अर्ब ६३ करोड ५३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको थियो । तर, ११ अर्ब ५६ करोड ८७ लाख २७ हजार अर्थात् ७९.०५ प्रतिशत मात्रै प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा ३० अर्ब ७५ करोड ७७ लाख ८२ लाख प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७८–७९ मा २९ अर्ब ९६ करोड ६४ लाख ३६ हजार प्राप्त भएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka