






विराटनगर । माओवादीका प्रदेश सभा सदस्य गणेश उप्रेतीले बजेट कटाई दिने कोसी प्रदेशका मन्त्रीलाई धन्यवाद दिएका छन् ।
आइतबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले सन्तुलन होइन असन्तुलनको पहाडको रुपमा बजेट आएको आरोप लगाए ।
मालपोत उठाउने मन्त्रालयले पुल बनाउने बजेट हालेको छ । र प्रहरी हेर्ने मन्त्रालयले बाटो बनाउने पैसा खन्याएको बताए ।
“यो अराजकता होइन र? अघिल्लो वर्ष ज्वरो फुट्ने गरी माननीयहरुले गाली गर्नुभयो । तर, यो पटक पर्यटनबाट २५ करोड र खानेपानीबाट समेत गरी मन्त्री ज्यूहरुले डेढ अर्ब आफ्नातिर लग्नुभयो, यो के हो?,” उनले भने, “खोटाङमा एउटा मात्र निर्वाचन क्षेत्र छ । मोरङमा प्रदेशका १२ निर्वाचन क्षेत्र छन् । के यो बजेट सन्तुलित छ ? यहाँ दुईवटा क्षेत्र भएको निर्वाचन क्षेत्रमा अढाई करोड हालिएको छ । उता डेढ अर्ब । यही हो सन्तुलन ?” उनले पर्यटन मन्त्री सदानन्द मण्डलको क्षेत्रमा समग्र मन्त्रालयको २५ प्रतिशत बजेट लगिएको सदन समक्ष जानकारी गराए ।
उनले भने,“के मा बजेट छुटयाइयो अध्ययन गरौं । मालपोत उठाउने मन्त्रालयले पुल बनाउने बजेट हालेको छ । यसले प्रदेश प्रति मानिको वितृष्णा बढेको छ । यसको पनि कारण यही हो । प्रदेश संरचनामा वितृष्णा बढाउनेलाई बल पुगो । एकातिर कनिका छरिएको छ । मुठीभर सिकारीले हात्तीकै सिकार गरे । कनिका टिप्न पाएकोमा फुर्के चरा रमाई रहेका छौं ।” मुख्यमन्त्रीलाई सदनमा पनि भन्यौ नयाँ बजेटमा सानो संख्यामा भएको प्रतिपक्षीका पुराना योजनालाई न्याय गर्नुस भनेको र काटिएको गुनासो गरे ।
नयाँ योजना नदिए पनि पुरानालाई समेत बजेट कटाएको भन्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा एक अर्ब लगेर बहादुरी देखाएको आरोप लगाए । उनले भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईको आलोचना गरे ।