Premier Cables
Premier Steel

समाचार

टिकटक बनाउन जाने भन्दै खोलामा लगेर गोली हानी बालकको ह**त्या, ४ जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar सोमबार, बैशाख १५, २०८२  | अपराह्न २:०३ बजे

रौतहट प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो ।

वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा भेटिएको थियो ।

बिज्ञापन

प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ ।

बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको घिमिरेले बताए ।

उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र यससम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka