Premier Cables

राष्ट्रिय

बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप व्यवस्थापन तीव्र

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत नुवाकोट पठाइएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

यसअघि नै रसुवामा हेलिकप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकिएको छ। रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीका कारण खानेपानीका स्रोत तथा सरसफाइ प्रणाली प्रभावित हुँदा दूषित पानी र खानाका कारण हैजा लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने मन्त्रालयको भनाइ छ। त्यसैले बाढी प्रभावित क्षेत्रमा संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राख्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो।

मन्त्रालयले प्रभावित क्षेत्रमा खोपसँगै सुरक्षित खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सावधानी अपनाउनुपर्नेमा समेत जोड दिएको छ। बाढीपछि दूषित पानीको प्रयोगबाट हुने संक्रमण रोक्न स्थानीय तह तथा स्वास्थ्यकर्मीलाई आवश्यक तयारीसहित परिचालन गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka