Premier Cables
Premier Steel

राष्ट्रिय

बालुवाटार घेर्न जाउँ भनेपछि कमल थापा पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १८, २०८२  | साँझ ४:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राजसंस्था पुनर्स्थापनालगायत माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपाका नेता पक्राउ परेका छन् । आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको नारायणचौरमा राजावादीहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनबाट प्रहरीले राप्रपा नेपालका अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कमल थापालाई नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

प्रहरीले थापासहित ६ जनालाई लछारपछार गर्दै नियन्त्रणमा लिएर भ्यानमा राखेर जिल्ला प्रहरी परिसर भद्रकाली लगेको थियो। प्रहरी भ्यानमा पुगेपछि थापाले भ्रष्ट सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावादु भनेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहरा थापासहित ६ जनालाई नियन्त्रणमा लिएको बताए। उनका अनुसार भिडलाई अघि बढ्न थापाले अह्राएका थिए।

निषेधित क्षेत्र तोड्न खोजेको र भिड भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ। थापाले के अभिव्यक्ति दिएका थिए खुलिसकेको छैन। तर प्रहरीले भने बालुवाटार घेर्न जाऔं भन्ने अभिव्यक्ति थापाले दिएको बताएको छ।

‘प्रदर्शन उहाँले लिड गर्नुभएको थियो। उहाँले बालुवाटार घेर्न जाउ भनेर भिडलाई उक्साउनुभयो। अलिअलि धक्कामुक्का पनि भयो,’ उनले भने, ‘त्यसपछि उहाँसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।’

शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिम्सिनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka