Premier Cables
Premier Steel

कोशी प्रदेश प्रदेश विराटनगर

लाखौँ रुपैयाँ ठगी गर्ने विराटनगरको पूर्वाञ्चल आयल सप्लायर्सलाई कस्तो कारबाही होला?

सन्तोष कुमार बाँस्तोला Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | साँझ ७:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–६, सनी मन्दिरअगाडि रहेको पूर्वाञ्चल आयल सप्लायर्समा सोमबार साँझ गुणस्तर तथा  नापतौल कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा पेट्रोलियम पदार्थ बिक्रीमा उपभोक्ता ठगिएको पाइएको छ।

पत्रकारसहित सोमबार साँझ करिब ५ बजे अनुगमनका लागि पुगेको टोलीलाई सुरुमा पेट्रोल पम्पका कर्मचारी तथा सञ्चालकले अनुगमन गर्न आनाकानी गरेका थिए। सञ्चालकले पत्रकारहरूलाई पटक–पटक ‘खाजा खान जानुहोस्, केही समयपछि आउनुहोस्’ भन्दै अनुगमनका क्रममा पत्रकारलाई उपस्थित हुन नदिन आग्रह गरेका थिए। तर पत्रकारहरू अनुगमनपछि मात्रै जाने अडानमा बसेपछि अन्ततः साँझ करिब ७ बजे अनुगमन सुरु भएको थियो।

बिज्ञापन

अनुगमनका क्रममा उपभोक्तालाई इन्धन वितरण गर्ने पम्पमा गडबडी भेटिएको हो। नापतौल कार्यालयका अनुसार ५ लिटर पेट्रोल खरिद गर्दा ११ रुपैयाँ ८७ पैसा र ५ लिटर डिजेल खरिद गर्दा १९ रुपैयाँ ५० पैसासम्म उपभोक्ता ठगिने गरेको पाइएको छ।

अनुगमन टोलीले शंका गरेअनुसार उपभोक्तालाई इन्धन वितरण गर्ने नोजलमा गडबडी भेटिए पनि पम्प सञ्चालक वा नजिकका व्यक्तिहरूलाई इन्धन उपलब्ध गराउन प्रयोग गरिने अर्को नोजलमा भने त्यस्तो गडबडी फेला नपरेको बताइएको छ। उपभोक्तालाई कम परिमाणमा इन्धन वितरण हुने तर आफू निकटका व्यक्तिलाई प्रयोग गरिने नोजलमा भने समस्या नदेखिनुले थप प्रश्न खडा गरेको छ।
यसअघि पनि उक्त पेट्रोल पम्पमा नयाँ डिजिटल मेसिन नराखी उपभोक्ताले २०० रुपैयाँको इन्धन माग्दा १९९ रुपैयाँको मात्र इन्धन दिने गरेको गुनासो आउने गरेको थियो। त्यस्तै, पेट्रोल पम्पमा अनलाइनबाट भुक्तानी गर्न नमिल्ने भन्दै बोर्डसमेत राखिएको छ।

डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा सामान्य पान पसलदेखि अधिकांश व्यवसायमा समेत अनलाइन भुक्तानीको सुविधा उपलब्ध भइरहेका बेला दैनिक लाखौँ रुपैयाँको कारोबार हुने पेट्रोल पम्पमा अनलाइन भुक्तानी सेवा नहुनुले थप प्रश्न सिर्जना गरेको छ। यस विषयमा सम्बन्धित निकायले सूक्ष्म अनुसन्धान गर्नुपर्ने माग उपभोक्ताले गरेका छन्।

उपभोक्तालाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले पूर्वाञ्चल आयल सप्लायर्सलाई सबै कगाजाद सहित तीन दिन भित्र कार्यक्रममा उपस्तिथि हुन निर्देशन दिएको छ भने आवश्यक अनुसन्धान सुरु गरिने जनाएको छ। साथै, उपभोक्तालाई इन्धन वितरण गर्दा गडबडी देखिएका दुवै नोजलमा सोमबार नै सिल गरिएको छ।

यद्यपि, दैनिक ठूलो कारोबार हुने पेट्रोल पम्पमा उपभोक्ता ठगी भएको पुष्टि भएमा सामान्य जरिवाना मात्रै गरेर उन्मुक्ति दिन नहुने उपभोक्ताको माग छ। ‘दैनिक लाखौँ रुपैयाँ कारोबार गर्ने संस्थाका लागि एक–दुई लाख रुपैयाँ जरिवाना ठूलो विषय नहुन सक्छ,’ उपभोक्ताको भनाइ छ, ‘ठगी पुष्टि भएमा कानूनअनुसार कडा कारबाही हुनुपर्छ।’

उपभोक्तालाई ठगी गर्ने व्यवसायी तथा संस्थामाथि आवश्यक अनुसन्धान गरी दोषी देखिए कानूनबमोजिम कडा कारबाही गर्नुपर्ने मागसमेत उठेको छ। अब सम्बन्धित नियामक निकायले यस विषयलाई कत्तिको गम्भीरतापूर्वक लिन्छ र कारबाहीलाई जरिवानामै सीमित गर्छ वा थप अनुसन्धान अघि बढाउँछ, त्यो भने हेर्न बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka