Premier Cables
Premier Steel

स्वास्थ्य

श्री भरोसा महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा स्वास्थ्य सचेतना तथा उपचार शिविर सम्पन्न

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्री भरोसा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एन्जल फाउण्डेसन, उर्लाबारीको सहकार्यमा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना तथा स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ।

सहकारीले साउन २५ गते आयोजना गरेको प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रममा १३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा पायल्स, फिसर, फिस्टुला, हृदयघात, आगोले पोलेको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार, सर्पदंश तथा विद्युत्बाट हुने दुर्घटनामा तत्काल अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारका उपायबारे जानकारी गराइएको थियो।

बिज्ञापन

त्यसैगरी, साउन ३० गते सञ्चालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा ५१ जनाले रक्तचाप (प्रेसर) तथा रक्तशर्करा (सुगर) परीक्षण गराई स्वास्थ्य सेवा लिएका थिए।

यसैक्रममा साउन ३१ गते श्री महेन्द्रश्वर शिवालय महादेव मन्दिरको सभाहलमा स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको थियो। ९२ वर्षीय भीमप्रसाद घिमिरेले शिविरको उद्घाटन गर्नुभएको थियो। उद्घाटनपछि उहाँले समेत स्वास्थ्य उपचार सेवा लिनुभएको थियो।

शिविरमा पायल्स, फिस्टुला तथा फिसरसम्बन्धी समस्या भएका ५२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। तीमध्ये ६ जनाको शिविरस्थलमै आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।

शिविरमा एन्जल फाउण्डेसन तथा फरिस्ता क्लिनिकबाट आउनुभएका शिविर प्रमुख अस्मिता शर्मा, वरिष्ठ सर्जन डा. रोशनकुमार शाह, मेडिकल अफिसर डा. विश्वजित राय, अहेव पञ्जीका थापा मगर, ल्याब प्राविधिक प्रमिला कार्की र जया राजवंशी, रजिस्ट्रेसन तथा मेडिसिनतर्फ कुमार अधिकारी, असिस्टेन्ट डाक्टर टिका भट्टराई तथा चालकद्वय भीम रावल र मेघराज नेपालले उपचार तथा व्यवस्थापनमा सहजीकरण गर्नुभएको थियो।

स्वास्थ्य शिविरबाट स्थानीय टोल तथा समुदायमा बसोबास गर्ने नागरिकका साथै सहकारीका शेयर सदस्यहरूले स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक परामर्श सेवा प्राप्त गरेका थिए। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट विशेषगरी पायल्स, फिस्टुला तथा फिसरका बिरामी लाभान्वित भएका छन्।

कार्यक्रमको समापनमा श्री भरोसा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गादेवी रिजाल आचार्यले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूमा सहकार्य गर्न आग्रह गर्दै शिविर प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

सो अवसरमा सहकारीका व्यवस्थापक, समिति पदाधिकारी तथा सदस्यहरूले शिविरमा खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी टोलीलाई रुद्राक्षको माला लगाई सम्मानसहित बिदाइ गरेका थिए।

स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परीक्षण, उपचार तथा परामर्श सेवा स्थानीयस्तरमै उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka