Premier Cables
Premier Steel

अपराध

विराटनगर विमानस्थल झर्नासाथ अभिषेक गिरी पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | साँझ ७:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई प्रहरीले बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ। बुद्ध एयरको जहाजमार्फत काठमाडौंबाट साँझ ७:०५ बजे विराटनगर ओर्लिएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो।

गिरीविरुद्ध आपराधिक लाभ (एक्सटोर्सन) को कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट पूर्वअनुमति (पक्राउ पुर्जी) लिइसकिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

बिज्ञापन

विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरी यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा गत असार २३ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ परेका थिए। सो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, मोरङ प्रहरीले पुनः पक्राउ गर्ने डरले उनले सुरुमा धरौटी रकम नबुझाई डिल्लीबजार कारागार बस्न रोजेका थिए। पछि धरौटी बुझाएर कारागारबाट छुटेलगत्तै विराटनगर आउँदा उनलाई विमानस्थलमै प्रहरीले समातेको हो।

गिरीमाथि मोरङ कारागारका कैदीबन्दीहरूबाट अवैध रकम असुली गरेको आरोपमा आपराधिक लाभको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेर २०७९ चैतमा छुटेका गिरीविरुद्ध विभिन्न समयमा गम्भीर आपराधिक अभियोगहरू लाग्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa