विराटनगर । बिहीबार आज साँझ विराटनगर आइपुगेका गृहमन्त्री सुधन गुरुङले अस्पतालमा उपचाररत देवानगंज घटनाका घाइतेलाई भेटेका छन्।
सुनसरीको देवानगन्ज गाउँपालिका -३ स्थित कप्तानगन्जतर्फ प्रस्थान गर्ने तयारी साथ आएका गुरुङले पहिले विराटनगरका अस्पतालमा उपचार गराइरहेका घाइतेसंग भेटघाट गरेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन्।
गृहमन्त्रीको आगमनसँगै मोरङ र सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनले विराट नर्सिङ होम र प्राइम हस्पिटल पुगेर घाइतेलाई भेटेका हुन् ।
गृहमन्त्री घटनास्थल कप्तानगञ्ज पनि पुग्ने कार्यतालिका अनुसार पुगेको सुरक्षा निकायका अधिकारीले बताएका छन् ।
भ्रमणका क्रममा मन्त्री गुरुङले घटनास्थलको वस्तुस्थिति बुझ्नुका साथै स्थानीय सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने छन् ।
विमानस्थलमा गृहमन्त्रीले मोरङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका अधिकारीसंग छलफल गरेका थिए । त्यसपछि अस्पतालमा उपचार गराइरहेका बिरामी भेट्न पुगे ।
न्यूरो अस्पताल अगाडि भेला भएका युवाले भने सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
