Premier Cables
Premier Steel

राजनीति साहित्य

घरको मूल मान्छे विस्थापित: जनताको सपना कि केवल गणतन्त्रको चाल ?

नोट: यो समाचार ११ महिना अघिको हो

– ट्रिङ्कल पोखरेल Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | राती ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

एक घर हुन्छ जसलाई बुबाले बनाएका हुन्छन्। रगत पसिना बगाएर, ढुङ्गा–ढुङ्गा जोडेर। तर एकदिन कुनै बाहिरको मानिस आउँछ र भन्छ, अब यो घर हामी चलाउँछौं। तिमीहरूको आवश्यकता सकियो। अनि सुरु हुन्छ, अव्यवस्था, झगडा, चोरी, अनि अन्ततः घर डुब्ने खतरा।

नेपालको अवस्थासमेत यस्तै बनिसकेको छ। राजा, राजसंस्था र त्यसको पुर्खाले एकीकृत गरेको यो देश, जसको लागि रगत बगाइएको थियो, आज त्यसैलाई पूर्व बनाइएको छ। जसले नेपाल बनायो, जोगायो, सम्हाल्यो, आज उनीहरूलाई हेपिन्छ, होच्याइन्छ।

वास्तवमा सोचौं, के भाषण, नाराबाजी र गफले मात्र देश चल्छ?

आज राजसंस्था र राजा ज्ञानेन्द्रलाई अपमानजनक शब्दहरू भन्नेहरुले,

हिजो राजाको खुट्टा ढोगेर मन्त्रिपदको आशिर्वाद खोज्नेहरू नै लोकतन्त्रको पुजारी बनेका छन्।

यो नैतिकताको कुन स्तर हो? के पद पाएपछि इमान, धर्म र मर्यादा सबै त्याग्न मिल्छ? के सत्ता पाएपछि इतिहास भुल्न मिल्छ?

गणतन्त्र आयो भनियो, तर जनता अझै भोकै छन्। रोजगारी छैन। न्याय पाउन भुक्तानी दिनुपर्छ। सत्ता जनताको हातमा छैन, यो त केवल केही शक्तिशालीको घेराभित्र सीमित छ।

अब प्रश्न उठ्नै पर्छ :- गणतन्त्रले साँच्चै जनताको पक्षमा काम गर्यो त? कि केवल राजा हटाएर नयाँ ‘राजा’हरू बनाउने माध्यम बन्यो?

नेपालमा जुन राजसंस्थाले बाइसे चौबिसे राज्यलाई एकतामा बाँधेको थियो, आज त्यै इतिहास नचिन्ने पुस्ताले आत्मपहिचान हराउँदै लगेको छ।

राजसंस्थाले गद्दी छोड्दा शान्तिपूर्ण हस्तान्तरण गर्यो, तर आजका शासकहरू सत्ता छोड्न त के, आलोचना पनि सहन सक्दैनन्।

यी दिनहरू हाम्रा पुर्खाले कल्पना गरेका थिएनन्।
हाम्रा सपना यस्तो गणतन्त्र थिएन, जहाँ मूल मान्छेलाई विस्थापित गरिन्छ, र दुहुन सकिने राष्ट्रलाई मात्र जोगाइन्छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka