Premier Cables
Premier Steel

मौसम

आज र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०२, २०८३  | बिहान ९:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि (शनिबार र आइतबार) भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशातातर्फ सर्ने क्रममा रहेकाले मनसुनी गतिविधि थप सक्रिय भएको विभागले जनाएको छ।

विभागद्वारा जारी विशेष बुलेटिनअनुसार शनिबार र आइतबार देशभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, देशका हिमाली तथा पहाडी भूभागसहित कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरू तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

“कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै विभागले तटीय क्षेत्र तथा कमजोर भूभागका बासिन्दालाई आवश्यक पूर्वतयारी अपनाउन र उच्च सतर्क रहन अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa