Premier Cables

अर्थकोशी प्रदेश

बजेटमा कोसी प्रदेशको हिस्सा : रेलमार्गको रोक्का जग्गा फुकुवा, दमकमा अन्तर्राष्ट्रिय रंगशाला, विराटनगरमा छैन् नयाँ बजेट

Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ६:५८ बजे

विराटनगर । सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमा कोसी प्रदेशका केही योजनालाई समेत बजेट विनियोजन भएको छ । कतिपय पुरानै योजनाको बजेटलाई निन्तरता दिइएको छ ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा झापाको दमकमा अन्तराष्ट्रिय खेलकुद रंगशाला निर्माणका लागि बजेट विनियोजन भएको छ । विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेटसहित अन्य रंगशालालाई रु. ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बिज्ञापन

सरकारले काकरभिट्टादेखि इटहरीसम्म रेलमार्ग बनाउने भनि रोक्का राखेको जग्गा फुकुवा गर्ने घोषणा गरिएको छ । भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्तिरु ५० करोड छुट्टाइएको छ ।

यसैगरी सुनसरी–मोरङ नहर तथा सिंचाई प्रणाली मर्मत तथा सम्हार, पुर्नस्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।
काकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।

विराटनगरको रानि–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ ।

कोसी कोरिडोरको खाँदवारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुस्पलाल मार्ग निर्माणका लागि रु. २ अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो
Advertisement

Developed by Pigeon Advertising