Premier Cables

अर्थ कोशी प्रदेश

बजेटमा कोसी प्रदेशको हिस्सा : रेलमार्गको रोक्का जग्गा फुकुवा, दमकमा अन्तर्राष्ट्रिय रंगशाला, विराटनगरमा छैन् नयाँ बजेट

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमा कोसी प्रदेशका केही योजनालाई समेत बजेट विनियोजन भएको छ । कतिपय पुरानै योजनाको बजेटलाई निन्तरता दिइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा झापाको दमकमा अन्तराष्ट्रिय खेलकुद रंगशाला निर्माणका लागि बजेट विनियोजन भएको छ । विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेटसहित अन्य रंगशालालाई रु. ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विज्ञापन

सरकारले काकरभिट्टादेखि इटहरीसम्म रेलमार्ग बनाउने भनि रोक्का राखेको जग्गा फुकुवा गर्ने घोषणा गरिएको छ । भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्तिरु ५० करोड छुट्टाइएको छ ।

यसैगरी सुनसरी–मोरङ नहर तथा सिंचाई प्रणाली मर्मत तथा सम्हार, पुर्नस्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।
काकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।

विराटनगरको रानि–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ ।

कोसी कोरिडोरको खाँदवारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुस्पलाल मार्ग निर्माणका लागि रु. २ अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka