






काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री पौडेलले आव २०८२र८३ मा अर्थतन्त्र उत्साहित मात्राले विस्तार गने घोषणा गरेका हुन् ।
यसैगरी मुद्रास्फीति दरलाई ५।५ प्रतिशतमा सिमित राख्ने बजेट वक्तव्यमा उल्लेख छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट घोषणा गरेका छन् । मन्त्री पौडेलले गत आवको भन्दा १ खर्ब ४ अर्ब ठूलो बजेट ल्याएका हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत्, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।