काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेल सकिएसँगै अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ।
अन्तिम ३२ अन्तर्गतका खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई, ब्राजिलले जापानलाई, जर्मनीले पाराग्वेलाई, मोरक्कोले नेदरल्यान्ड्सलाई, नर्वेले आइभरी कोस्टलाई र फ्रान्सले स्वीडेनलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएका छन् ।
यस्तै, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्डले अल्जेरिया, इजिप्टले अस्ट्रेलिया, अर्जेन्टिनाले केप भर्डे तथा कोलम्बियाले घानालाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। यससँगै चार पटकको विश्वविजेता जर्मनी, गत संस्करणको तेस्रो टोली क्रोएसिया, नेदरल्यान्ड्स र सेनेगलजस्ता बलिया टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।


