Premier Cables
Premier Steel

अर्थ

आजै रातिदेखि लागू हुने गरी करको दर हेरफेर

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न ३:४३ बजे

काठमाडौं । मन्त्रिपरिषद बैठकले आज मध्यरातीदेखि लागु हुने करका दर पारित गरेको छ । बिहीबार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले करका दरहरु फेरेको हो ।

अपराह्न फरेका केही करका दर मध्यरातीदेखि लागु हुन्छन् । बिहीबारै मन्त्रिपरिषले आव २०८२/८३ को बजेट अनुमोदन गरेको छ । बजेटसँगै क्याबिटनेले २०१२ सालमा बनेको सामयिक कर असुली ऐनअनुसार मध्यरातीदेखि लागु हुने करका दर पारित गरेको हो ।

बिज्ञापन

करका दर फेर्ने मन्त्रिपरिषदको निर्णयलाई सूचीत आदेश भनिन्छ । सामयिक कर असुली ऐनअनुसार सरकारले कर लगाउने बढाउने निर्णय गर्नुपरे सूचित आदेश जारी गर्छ ।
भन्सार महसु वा अन्तःशुल्क वा अन्य कुनै पनि करको दर हेरफेर गर्न ऐनको दफा ३ को सहयोग लिइन्छ । यो व्यवस्थाअनुसार जारी गरेको सूचीत आदेश ६ महिना कायम रहनेछ

मन्त्रिपरिषदको बैठकले करको दर हेरफेर गर्न लागु हुने मितिसमेत तोकेर सूचित आदेश जारी गर्न सक्छ । सोही व्यवस्थाअनुसार बजेट भाषण हुने दिन मध्यरातिदेखि आर्थिक विधेयकले तोकेअनुसारको करको दल लगाइन्छ । यसरी लगाइएको कर ६ महिना वा सूचित आदेशको बेहोरा कानुन भइ लागु भएमा वा खारेज गरेमा निष्क्रिय हुनेछ ।

मन्त्रिपरिषदको वैठकले जारी गरेको सो सूचीत आदेश आर्थिक विधेयक ऐन बनेर लागु नहुञ्जेलसम्मका लागि कायम हुन्छ । यद्यपि, सूचीत आदेशले आर्थिक विधेयकका सबै व्यवस्था समेटेको हुँदैन ।

सूचीत आदेशले हेरफेर गरेको करका दरमात्र आज मध्यरातीदेखि लागु हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka