Premier Cables

अर्थ

आजै रातिदेखि लागू हुने गरी करको दर हेरफेर

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न ३:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मन्त्रिपरिषद बैठकले आज मध्यरातीदेखि लागु हुने करका दर पारित गरेको छ । बिहीबार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले करका दरहरु फेरेको हो ।

अपराह्न फरेका केही करका दर मध्यरातीदेखि लागु हुन्छन् । बिहीबारै मन्त्रिपरिषले आव २०८२/८३ को बजेट अनुमोदन गरेको छ । बजेटसँगै क्याबिटनेले २०१२ सालमा बनेको सामयिक कर असुली ऐनअनुसार मध्यरातीदेखि लागु हुने करका दर पारित गरेको हो ।

विज्ञापन

करका दर फेर्ने मन्त्रिपरिषदको निर्णयलाई सूचीत आदेश भनिन्छ । सामयिक कर असुली ऐनअनुसार सरकारले कर लगाउने बढाउने निर्णय गर्नुपरे सूचित आदेश जारी गर्छ ।
भन्सार महसु वा अन्तःशुल्क वा अन्य कुनै पनि करको दर हेरफेर गर्न ऐनको दफा ३ को सहयोग लिइन्छ । यो व्यवस्थाअनुसार जारी गरेको सूचीत आदेश ६ महिना कायम रहनेछ

मन्त्रिपरिषदको बैठकले करको दर हेरफेर गर्न लागु हुने मितिसमेत तोकेर सूचित आदेश जारी गर्न सक्छ । सोही व्यवस्थाअनुसार बजेट भाषण हुने दिन मध्यरातिदेखि आर्थिक विधेयकले तोकेअनुसारको करको दल लगाइन्छ । यसरी लगाइएको कर ६ महिना वा सूचित आदेशको बेहोरा कानुन भइ लागु भएमा वा खारेज गरेमा निष्क्रिय हुनेछ ।

मन्त्रिपरिषदको वैठकले जारी गरेको सो सूचीत आदेश आर्थिक विधेयक ऐन बनेर लागु नहुञ्जेलसम्मका लागि कायम हुन्छ । यद्यपि, सूचीत आदेशले आर्थिक विधेयकका सबै व्यवस्था समेटेको हुँदैन ।

सूचीत आदेशले हेरफेर गरेको करका दरमात्र आज मध्यरातीदेखि लागु हुनेछ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka