नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । विश्वकप अन्तर्गत समूह जीमा इरान र न्युजिल्याण्डबीचको खेल २–२ को बराबरीमा सकिएको छ।
न्युजिल्याण्डका लागि एलिजा जस्टले दुई गोल गरे। उनले खेलको सातौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्याण्डको अग्रता दोब्बर बनाए।
इरानका लागि रामिन रेजाएयानले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि ६४औँ मिनेटमा मोहम्मद मोहबीले गोल गर्दै इरानलाई पुनः खेलमा फर्काए। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा टुंगियो।
यस नतिजासँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
आज सम्पन्न भएका सबै खेल बराबरीमा सकिएका छन्। इरान र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसैगरी साउदी अरेबिया र उरुग्वेबीचको खेल १–१ को बराबरीमा सकिँदा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेले।
