Premier Cables
Premier Steel

खेलकुद

दुई गोलको पुनरागमनसँगै दक्षिण कोरियाको विजयी सुरुवात

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २९, २०८३  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै सुखद सुरुवात गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पारेको हो।

खेलको ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ह्वाङ इनबियोमले गोल गर्दै दक्षिण कोरियालाई बराबरीमा फर्काए।

बिज्ञापन

चेक रिपब्लिकले ७७औँ मिनेटमा पुनः अग्रता लिएको जस्तो देखिए पनि थोमस सुसेकको हेडमार्फत भएको गोल अफसाइडका कारण मान्य भएन।

त्यसपछि खेलको ८०औँ मिनेटमा ओह ह्योङयुले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि दक्षिण कोरियाले जित सुरक्षित गर्‍यो।

यो जितसँगै दक्षिण कोरियाले विश्वकपमा चेक रिपब्लिकविरुद्ध पहिलो पटक सफलता हासिल गरेको छ। १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगिताको उद्घाटन खेलमा जित निकालेको यो चौथो अवसर हो।

समूह ‘ए’ मा पहिलो खेल जितेको दक्षिण कोरिया तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा आयोजक मेक्सिको शीर्ष स्थानमा रहेको छ।

पराजित चेक रिपब्लिक अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने साउथ अफ्रिका समूहको पुछारमा रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka