विराटनगर । विदेशमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेका विद्यार्थीहरूका लागि केआईईसी (KIEC) ले “केआईईसी अल नेपाल रोडशो २०२६” आयोजना गर्ने भएको छ।
कार्यक्रम विराटनगरमा आयोजना हुने भएको हो, जहाँ क्यानडा, अष्ट्रेलिया, बेलायत तथा अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाहरू र विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गरिनेछ।
रोडशोमार्फत विद्यार्थी तथा अभिभावकहरूले विदेश अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा प्राप्त गर्न सक्नेछन्। कार्यक्रममा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष काउन्सिलिङ, छात्रवृत्ति तथा भिसा सम्बन्धी मार्गदर्शन, उपयुक्त कोर्स तथा विश्वविद्यालय छनोटमा सहयोग तथा स्पट एसेस्मेन्टको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।
विद्यार्थीहरूलाई आफ्नो शैक्षिक योग्यता, रुचि र भविष्यको करियर लक्ष्यअनुसार सही अध्ययन गन्तव्य छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केआईईसी विराटनगरले जनाएको छ।
विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरूका लागि यो कार्यक्रम महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकहरूले कार्यक्रममा सहभागी भई विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि केआईईसी विराटनगर, हिमालय रोड, महेन्द्र चोक, विराटनगर–९ मा सम्पर्क गर्न सकिनेछ। साथै ०२१-५२७६३६, ०२१-५१७६३७, ९८२०७२९३५१ तथा ९८०२७२८२२३ नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ।
