Premier Cables

राजनीति

राप्रपामा ठूलो विभाजन, केन्द्रीय पदाधिकारीसहित १८३ नेताले गरे पार्टी परित्याग

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | अपराह्न २:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरूले बिहीबार संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेमा शीर्ष नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालालगायत रहेका छन्।

विज्ञापन

राजीनामा दिनेहरूमा केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका नेता–कार्यकर्ता समेत समावेश छन्। असन्तुष्ट पक्षले यो पहिलो चरणको पार्टी परित्याग भएको जनाएको छ।

पार्टी छाड्ने नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले नेतृत्वमा हिनताबोध, कमजोरी र आत्मकेन्द्रित प्रवृत्ति हाबी हुँदा पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन्।

उनीहरूको भनाइमा राप्रपाले जनताकेन्द्रित राजनीति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेकाले पार्टी परित्याग गर्न बाध्य भएको हो।

राजीनामा पत्रमा केन्द्रीय कार्यसमितिलाई जानकारी नै नदिई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागी भएको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। यसलाई पार्टीको घोषित सिद्धान्तविपरीत कदमका रूपमा व्याख्या गरिएको छ।

असन्तुष्ट पक्षले पार्टीभित्र भनाइ र गराइबीच ठूलो अन्तर देखिएको, वैचारिक विचलन बढेको तथा त्यसकै कारण पार्टी जनताबाट दण्डित भएको दाबी गरेको छ।

विज्ञप्तिमा पार्टीभित्र जवाफदेहिता र आन्तरिक सुधारको प्रयास गर्दा नेता–कार्यकर्तामाथि निरंकुश शैलीमा कारबाही गरिएको आरोप पनि लगाइएको छ।

त्यसैगरी, राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको तथा संसदमा संवैधानिक राजसंस्थाको पक्षमा कुनै ठोस प्रस्ताव दर्ता नगरिएको भन्दै नेतृत्वको आलोचना गरिएको छ।

पार्टी स्थापना गर्दा लिइएका मूल उद्देश्य र मान्यताहरूलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको निष्कर्षसहित असन्तुष्ट समूहले राप्रपा परित्याग गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka