






काठमाडौं । सरकारले राप्रपाको आन्दोलन रोकेमात्र पार्टीका शीर्षस्थ नेताहरूलाई सुरक्षाकर्मी उपलब्ध गराउने प्रस्ट पारेको छ ।
गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी दिने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा धेरै खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको बताउँदै सुरक्षाकर्मी फिर्ता गर्नु परेको बताए ।
‘गणतन्त्रविरुद्ध’ आन्दोलन गर्न थालेपछि राप्रपाका तीन सांसदको पीएसओ खोसिएको थियो ।
समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले यसबारे गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।
व्यक्तिगत सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको गृहमन्त्री लेखकले जवाफ दिए “आन्दोलन रोक्नबित्तिकै पुनः खटाइने छ,” उनले भने ।
“सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटना भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ,” गृहमन्त्रीले सांसद तामाङलाई जवाफमा भने ।