Premier Cables

राजनीति

राप्रपा विवाद उत्कर्षमाः धवल समूहद्वारा अध्यक्ष लिङ्देनको बैठक बहिष्कार

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणा र महामन्त्री कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने बताएका छन्।

उनीहरूले अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै बुधबारका लागि तय गरिएको बैठकमा आफूहरू सहभागी नहुने जानकारी दिएका हुन्।

विज्ञापन

पत्रमा पार्टीभित्रको सहकार्य र आन्तरिक सद्भाव कायम गर्न चार बुँदे प्रस्ताव समेत प्रस्तुत गरिएको छ। प्रस्तावअनुसार, विधानबमोजिम महाधिवेशनको मिति तोकिनु पर्ने, विधान विपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू फिर्ता लिनु पर्ने, निष्पक्ष र सरल महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षक टोलीमा सन्तुलन कायम गरिनु पर्ने र पार्टी सञ्चालनलाई प्रभावकारी बनाउन दुई पूर्वअध्यक्षसहितको विवाद समाधान समिति गठन गरिनुपर्ने उल्लेख गरिएको छ।

अध्यक्षले केन्द्रीय समितिमा सल्लाहबिनै सदस्य थप्दै गएको भन्दै पत्रमा असन्तोष व्यक्त गरिएको छ। उनीहरूले ४३ विभागमध्ये अधिकांश निस्क्रिय हुँदा पनि आन्तरिक एकता बिग्रिन नदिन अध्यक्षका निर्णयबारे सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको बताएका छन्।

पत्रमा पार्टीमा विधिको सम्मान गर्न सचेत गराइरहँदा पनि अध्यक्षबाहेक अन्य नेताको अस्तित्व नदेखिने स्थिति सिर्जना गरिएको गुनासो गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka