नोट: यो समाचार २ महिना अघिको हो
विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि कर प्रशासनलाई थप उत्प्रेरित र प्रविधिमैत्री बनाउने नीति लिएको छ ।
सरकारले गैरकर राजस्व परिचालनलाई प्रभावकारी बनाउने घोषणा गर्दै विभिन्न क्षेत्रमा कर छुट तथा नयाँ कर व्यवस्था लागू गर्ने जनाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटमार्फत केही क्षेत्रमा ५० प्रतिशतसम्म कर छुट दिने घोषणा गरेका छन् । सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई शतप्रतिशत कर छुट दिने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ ।
त्यस्तै, नाफा नकमाउने विदेशी कम्पनीलाई आयकर नलगाइने सरकारको घोषणा छ । नयाँ सिनेमा हल निर्माण गर्ने लगानीकर्तालाई १० वर्षसम्म आयकर छुट दिइने भएको छ ।
सरकारले विद्युतीय सवारी साधनमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छ भने ब्याट्री उत्पादनसम्बन्धी क्षेत्रमा पनि कर नीति लागू गरिएको जनाएको छ ।
