Premier Cables

अर्थ

ऊर्जा क्षेत्रमा आक्रामक योजना, १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ऊर्जा क्षेत्रको पूर्वाधार विस्तार र जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् ।

विज्ञापन

सरकारले लगानी बोर्डमार्फत करिब ३ हजार मेगावाट क्षमताका आयोजना विकासका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ । आगामी वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बजेटमा उल्लेख छ । यससँगै देशको कुल जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने अनुमान गरिएको छ ।

सरकारले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको छ । साथै तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशूली बी र बूढीगण्डकी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइने भएको छ ।

यस्तै, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, ८२८ मेगावाटको उत्तरगंगा, २१० मेगावाटको चैनपुर–सेती, ९९ मेगावाटको तामाकोशी तथा ७७ मेगावाटको घन्से खोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।

त्यसैगरी, ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुणगाड र २८१ मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया पनि अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka