Premier Cables

समाचार

निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापार खुला गरिने, प्राधिकरण तीन कम्पनीमा विभाजन हुने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ललेले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी व्यवस्था मिलाइने जानकारी दिए ।

विज्ञापन

उनका अनुसार प्रसारण लाइन निर्माण गरी विलिङ चार्ज लिएर विद्युत व्यापार गर्न सक्ने व्यवस्था समेत गरिनेछ ।

बजेटमार्फत लामो समयदेखि थाती रहेको विद्युत प्राधिरणको पुनर्संरचना गर्ने घोषणा गरिएको छ । प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण–वितरण तथा विद्युत व्यापारका लागि छुट्टाछुट्टै तीन कम्पनीमा विभाजन गरिने अर्थमन्त्री वाग्लेले बताए ।

विद्युत खरिद सम्झौता (पीपीए) भइसके पनि हालसम्म निर्माण सुरु नभएका आयोजनाको अनुमति खारेज गरिने बजेटमा उल्लेख छ ।

सरकारले ‘टेक अर पे’ विधिअनुसार नयाँ पीपीए गर्ने नीति लिएको छ भने १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए गरिने घोषणा गरिएको छ ।

त्यसैगरी सुख्खा याममा प्रतिस्पर्धात्मक मूल्यका आधारमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गरिने व्यवस्था समेत बजेटमा समेटिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka