Premier Cables
Premier Steel

अर्थ

सुन र हिरामा लाग्ने विलासिता कर हट्नेमा व्यवसायीको अपेक्षा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। व्यवसायीहरु यस पटकको बजेटमार्फत सुनमा लक्जरी कर र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) हटाइयोस भन्ने पक्षमा छन्। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गर्दैछन् । विराटनगरका एक व्यवसायीले भने,‘‘सुन र हिरामा लगाइएको विलासिता कर हटोस भन्ने हाम्रो चाहना र माग छ ।’’

वाग्लेले शुक्रबार अपराह्न बजेट सार्वजनिक गर्दैछन् । बजेटमा सुनमा लक्जरी कर र हिरामा भ्याट हटाउनेमा व्यवसायी विश्वस्त छन् । सुनमा अहिले २ प्रतिशत लक्जरी कर र हिरामा १३ प्रतिशत भ्याट लाग्ने गरेको छ।

बिज्ञापन

एक वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अवैध कारोबार रोक्न भन्दै सुनमा २ प्रतिशत विलासिता कर लगाएका थिए। सुनचाँदी व्यवसायीहरुले चर्को विरोध गरेपनि सरकारले बेवास्ता गरेको थियो।

भारतले सुन आयातमा लाग्ने समग्र भन्सार महसुललाई ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुऱ्याएको छ। त्यस्तै सुनको खरिदमा ३ प्रतिशत जीएसटी लाग्छ। सुनको मूल्य र त्यसमा लाग्ने १५ प्रतिशत भन्सार महसुल जोडेर कुल रकममा जीएसटी लाग्ने व्यवस्था छ। समग्रमा भारतमा सुनमा १८ प्रतिशत कर लाग्छ।

तर भारतले हिरामा भने विशेष सहुलियत दिएको छ। भारतले कच्चा हिरा ल्याएर प्रोसेसिङ गर्ने अनि निर्यात गर्ने भएकाले हिरा उत्पादन गर्ने व्यवसायीलाई निश्चित कोटाभित्र रहेर सहुलियतपूर्ण भन्सार दर लागू गरेको छ।

भारतमा हिराको कच्चा पदार्थ आयातमा ०.२५ प्रतिशतमात्रै महसुल लाग्ने व्यवस्था छ। सुन र हिरामा भारतको यही नीतिलाई अर्थमन्त्री वाग्लेले नेपालमा पनि लागू गर्न लागेका हुन्। यसले तस्करी र कर छली रोकिने अर्थमन्त्री वाग्लेको विश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka