Premier Cables
Premier Steel

अपराध

काँकडभिट्टा नाकाबाट डेढ करोडभन्दा बढीको सुन र विदेशी मुद्रा बरामद

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०५, २०८३  | बिहान ८:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रा बरामद गरेको छ।

सोमबार साँझ भारतबाट नेपालतर्फ ल्याइँदै गरेको २४ क्यारेट ९९९.९ प्योरिटीको ५ सय ७० ग्राम सुन बरामद गरिएको हो। बरामद सुनको बजार मूल्य करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

बिज्ञापन

घटनामा संलग्न रहेको आरोपमा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पाठकको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। बरामद अमेरिकी डलरको नेपाली मूल्य करिब २० लाख ६४ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

यसका साथै प्रहरीले उनीसँग रहेका सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कागजात, सिमकार्ड, मोबाइल फोन तथा चेकसमेत नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka