पूर्वराष्ट्रपति भण्डारी: “एमालेले सम्माननीय मात्र भन्ने निर्णयबारे थाहा छैन, म अझै पार्टीकै सदस्य हुँ”
नोट: यो समाचार ५ महिना अघिको हो
सोमबार, भाद्र ०२, २०८२ |
अपराह्न १:०८ बजे
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू ४५ वर्षदेखि नेकपा एमालेमा संगठित सदस्य रहेको स्पष्ट पार्दै, पार्टीले “सम्माननीय मात्र” बनाउने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन्।
“एमालेले मेरोबारे के निर्णय गरेको छ मलाई थाहा छैन,” भण्डारीले भनिन्, “म अझै एमालेकै कार्यकर्ता हुँ। मेरो सदस्यता खोसिएको छैन।”
बिज्ञापन
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टी सदस्यको हिसाबले आफू सक्रिय भई रहने बताइन ।
राजतन्त्र र गणतान्त्रिक राष्ट्रपतिको भूमिका फरक हुने उल्लेख गर्दै उनले भनिन्, “राष्ट्रपति त समयावधिका लागि हुने पद हो। एक कार्यकालपछि त्यो जिम्मेवारी सकिन्छ।”
भण्डारीका अनुसार उनले मोरङबाट पार्टी सदस्यता लिएकी थिइन् र राष्ट्रपतिको कार्यकालपछि औपचारिक रूपमा सदस्यता नवीकरण पनि गरेकी हुन्।