Premier Cables

खेलकुद

ऐरीको शतकः युएईसामु नेपालले दियो २९० रनको लक्ष्य

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसामु जितका लागि २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९० रन बनाएको हो ।

टोलीका लागि दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरे । उनले ९४ बलमा १३ चौका र १ छक्का हिर्काउँदै १ सय रन जोडे ।

विज्ञापन

त्यस्तै, विनोद भण्डारीले पनि अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रन बनाए ।

कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन जोडे । आरिफ शेख र अर्जुन कुमालले समान ११-११ रनको योगदान दिए ।

गुल्सन झाले ३८ बलमा ४४ रन जोड्दै नेपालले विशाल योगफलतर्फ डोर्‍याए । उनले यस क्रममा ४ चौका र २ छक्का प्रहार गरे ।

यूएईका लागि अजय कुमार र जुनैद सिद्धिकीले २-२ विकेट लिए । हैदर अलि र खुजाइमा तनवीरले १-१ विकेट हात पारे ।

नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग १०२ रनले हारेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka