Premier Cables

खेलकुद

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्स

Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ४:०९ बजे

स्कटल्यान्ड । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्थहिलमा टस जितेर नेपाललाई पहिला फिल्डिङमा पठाएका हुन् ।

यस शृंखलामा नेपालको यो दोस्रो खेल हो । नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वस्नीय विजय हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पुरा गर्दै एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्मकै सवै भन्दा ठुलो लक्ष्य पछ्याएको थियो ।

बिज्ञापन

नेपाली टोलीमा देव्रेहाते तीब्र बलर रिजन ढकालको स्थानमा देव्रेहाते स्पिनर ललित राजवंशीलाई ल्याइएको छ । स्कटल्यान्डविरुद्ध २ विकेट लिए पनि रिजनले १० ओभरमा ७८ रन दिन पुगेका थिए ।

नेदरल्यान्ड्सको यस शृंखलामा यो पहिलो खेल हो । नेदरल्यान्ड्स २० खेलमा २६ अंक बोकी दोस्रो स्थानमा छ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो