Premier Cables
Premier Steel

मौसम

देशभर मनसुन सक्रिय रहने, कोसीमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | बिहान ९:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आज देशभर मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर पूर्ण बदलीको अवस्था रहनेछ र अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

बिज्ञापन

मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानहरूमा धेरै भारी वर्षा हुन सक्छ। कर्णाली प्रदेशका केही स्थानहरूमा पनि भारी वर्षाको सम्भावना छ।

आज रातिको मौसम पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी क्षेत्रहरूमा पूर्ण बदली रहनेछ। अन्य भूभागहरूमा सामान्य बदली रहने अपेक्षा गरिएको छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी प्रदेशको तराई भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास सक्रिय भएकाले आगामी २४ घण्टा मनसुन प्रणाली अझै सक्रिय रहने बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka